2026-10-02 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली

2026-07-10

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्वु ओलीले आत्मदाहपछि भएको गणेश नेपालीको मृत्यु कुनै एक परिवारको मात्र पीडा नभई सरकारप्रति जनतामा बढ्दो निरासा, असुरक्षा र भरोसा अभावको भवावह संकेत भएको बताएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले सरकारले आशा बाँड्ने वाचा गरेको तर जनता निरासामा बाँच्न वाध्य भएको एउटा उदाहरण गणेश नेपालीको मृत्यु भएको बताएकी छिन् । उनले संघर्ष गर्दै पठाओ चलाएर जीवन धानिरहेको एक युवाले आफ्नै शरीरमा आगो लगाएर मृत्युवरणसम्म पुग्नु कुनै व्यक्तिगत असफलता नभएको बताइन् । उनले यो राज्य सरकारमाथिको संवेदनशिलता तथा जिम्मेवारीमाथिको गम्भीर प्रश्न भएको बताएकी छिन्।

उनले सरकारले सुशासन र समृद्धिको नाममा शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको र सय दिन पुगेपछि ८७ प्रतिशत पुरा भएको दावी समेत गरेको उनले बताइन् । सांसद ओलीले प्रश्न गरिन्, ‘यति ८७ प्रतिशत प्रगति भइरहेको थियो भने जनताको जीवनमा किन महसुस भइरहेको छैन, किन आशाको ठाउँमा निरासा फैलिइरहेको छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो