2026-10-21 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली

2026-07-09

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन नेतृत्वको सरकारका सय दिन फाँसीजमतर्फको यात्रा भएको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सरकारको सय दिनमा देशमा दुर्दशा निम्तिएको बताएका हुन् ।

‘दुनियाँका घर जलेका छन्, कसले जलायो ? त्यो क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन ? केहीलाई आगो लगाउने छुट, मान्छे मार्ने छुट, लुट्ने छुट । केहीलाई निर्दोश भएपनि कारबाही हुनुपर्ने ?’ ओलीले भने, ‘यो फाँसीजमतर्फको यात्रा हो । फाँसीजमतर्फको तीव्र यात्राका सय दिन हुन् ।’ओलीले भदौ २३–२४ मा युवाको हत्या षड्यन्त्रपूर्वक गरिएको दाबी गरे । ‘हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं । नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए । विभिन्न आयोग बने कसले गरायो, कसले गोली चलायो भन्न सक्ने अवस्था छैन,’ ओलीले भने, ‘आयोगले पत्ता लगाउन नसकेको हो कि बोल्न नसकेको, उहाँहरूले जान्ने कुरा । प्रतिवेदनमा कसले गोली चलायो कसरी गोली चलायो भन्न सक्ने अवस्था छैन ।’

मानव अधिकार आयोगले कानून बनाएर आफूहरूलाई कारबाही गर्न भनेकोप्रति ओलीले रोष प्रकट गरे ।‘यत्रो जलेको छ, यत्रा घर जलेका छन्, यसको घर यसले जलायो भनेर भन्दैन छानबिनहरूले, कति निरीह छ ’ उनले भने, ‘केपी ओली लगायतलाई कारबाही गर्नुपर्छ । नयाँ कानून बनाएर कारबाही गर भन्छ मानव अधिकार आयोग, के दुर्दशा हो देशमा ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ