2026-10-02 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली

2026-07-09

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन नेतृत्वको सरकारका सय दिन फाँसीजमतर्फको यात्रा भएको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सरकारको सय दिनमा देशमा दुर्दशा निम्तिएको बताएका हुन् ।

‘दुनियाँका घर जलेका छन्, कसले जलायो ? त्यो क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन ? केहीलाई आगो लगाउने छुट, मान्छे मार्ने छुट, लुट्ने छुट । केहीलाई निर्दोश भएपनि कारबाही हुनुपर्ने ?’ ओलीले भने, ‘यो फाँसीजमतर्फको यात्रा हो । फाँसीजमतर्फको तीव्र यात्राका सय दिन हुन् ।’ओलीले भदौ २३–२४ मा युवाको हत्या षड्यन्त्रपूर्वक गरिएको दाबी गरे । ‘हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं । नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए । विभिन्न आयोग बने कसले गरायो, कसले गोली चलायो भन्न सक्ने अवस्था छैन,’ ओलीले भने, ‘आयोगले पत्ता लगाउन नसकेको हो कि बोल्न नसकेको, उहाँहरूले जान्ने कुरा । प्रतिवेदनमा कसले गोली चलायो कसरी गोली चलायो भन्न सक्ने अवस्था छैन ।’

मानव अधिकार आयोगले कानून बनाएर आफूहरूलाई कारबाही गर्न भनेकोप्रति ओलीले रोष प्रकट गरे ।‘यत्रो जलेको छ, यत्रा घर जलेका छन्, यसको घर यसले जलायो भनेर भन्दैन छानबिनहरूले, कति निरीह छ ’ उनले भने, ‘केपी ओली लगायतलाई कारबाही गर्नुपर्छ । नयाँ कानून बनाएर कारबाही गर भन्छ मानव अधिकार आयोग, के दुर्दशा हो देशमा ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो