Privacy & Policy


मिति: २०७३ भदौ २५ गते 

साझा सबाल डट कम

केन्द्रबाट दोश्रो संसोधन

...

सूचना दिने श्रोत परेवादेखि आज इन्टरनेटसम्म आइपुग्दा सञ्चार जगतले निकै फड्को मारिसकेको छ । त्यसो त समय क्रमसँगै यो पछि त्यो गर्दै देखिएका सञ्चारका माध्ययमहरु सामयीक महत्वका रुपमा देखिदै आएको हामी पाउँछौं । तीनै विभिन्न माध्ययमहरु मध्ये विगत केहि बर्षदेखि इमेल इन्टरनेटले अत्यन्तै लोकप्रीयता कमाइरहेको छ । प्रत्येक व्यक्ति जो आज देश-विदेशमा छन्, उनिहरुको प्रमूख र दोहोरो सञ्चार माध्ययम नै इमेल तथा इन्टरनेट बनेको छ । फेसबुक, युटुव तथा गुगल जस्ता अत्यन्त लोकप्रीय वेवसाइटहरुको विश्वव्यापी सुविधाको आकर्षणले मानिसहरुको मन इन्टरनेटमा केन्द्रित बनेको छ । त्यसो त समाचार तथा मनोरंजनको सबैभन्दा भरपर्दो माध्यम पनि इन्टरनेट बनेको छ ।


नेपालमा पनि अनलाइनको उपभोग गर्ने मानिसहरु गाउँगाउँ सम्म फैलिएका छन् । मोवाइल इन्टरनेटको सर्बाधिक प्रयोग, गाउँगाउँमा इन्टरनेटको बढ्दो विस्तारले पनि अब इन्टरनेटको सुविधाभोग गर्नेको संख्या गाउँ-गाउँमा बढ्दै गएको छ । बिदेशमा रहेका तथा आफ्नो घरबाहिर रहेका आफन्तसँग जोडिनको लागि पनि अहिले इन्टरनेट निकै सस्तो र सहज भएको हुँदा यसमा आकर्षण ह्वात्तै बढेको अवस्था छ |


नेपालमा हाल आएर सरकारले समेत अनलाईन मिडियालाई व्यवस्थीत गर्ने रणनीति अपनाए पछि यसको बिस्तार हुने कुरामा दुई मत छैन । प्रेस काउन्सिल नेपालले अनलाइन मिडियालाई नियमन तथा वर्गीकरण गर्ने नीति लिएको अवस्थामा अनलाइन मिडियाको राष्ट्रिय संचारको रुपमा बिकास हुँदै गएको छ । जनस्तरमा समेत अनलाइन मिडियाको क्रेज बढेको तथा अनलाइनको बर्गिकरण गर्न सक्ने अवस्था छ |


परम्परागत अन्य सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीता सस्तो र प्रभावकारी पनि छ । विश्वमा छरिएर रहेका कुनैपनि ब्यक्ति अनलाईन पत्रीकाको पाठक हुनसक्छन। जो अन्य परम्परागत मिडियामा सम्भव छैन । सूचना सञ्जालमा छिरेर छोटो समयमै पाठकहरू खोज्न सकिने यो प्रविधिमा विभिन्न तरिकाले बिज्ञापन सम्प्रेषण गरि आर्थिक मुनाफा लिन सकिन्छ ।


हालसम्म सञ्चारको दुनियामा प्रख्याति कमाउने मानिसहरु पत्रिका, रेडियो, टेलिभिजनहरुमा प्रसारण हुने समाचार सामग्री प्रसारणको समयमा नै सुन्न र हेर्नुपर्ने, पत्रिकाको समाचार अत्यन्तै ताजा बन्न नसक्ने तर समाजका घटनाहरु निरन्तर भइरहने अर्थात समाचार पलपलमा बन्ने भएकाले यीनै सञ्चार माध्यमहरुलाई पछिल्लो पटक विस्तारै पछिल्लो तर अत्याधुनिक माध्यम इन्टरनेटले छायाँमा पार्दै लगेको हुनाले यो अनलाईन पत्रिकाको विधिवत स्थापना सन् २०१३ मा गरिएको हो । त्यसो त नेपाल तथा नेपाल बाहिर सञ्चालनमा रहेका अरु अनलाइन पत्रिका भन्दा पृथक रहेर हामीले ७५ जिल्लाका प्रमूख स्थानीय जिल्लामै रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई समेटि प्रत्येक जिल्लाको आफ्नै गृहपृष्ठमा www.sajhasabal.com स्थापना गरि संचालनमा छौं | यस अनलाइनको मुख्य उद्येश्य हरेक समाजलाई एक-आपसमा जोड्नु हो |


यो वेवसाइट साझा सबाल मिडिया प्रा.लि.ले सञ्चालन गरेको छ । यो अनलाईन पत्रिका नैपालकै प्रमूख र आधिकारिक अनलाइनहरु मध्य एक हो । साथै यो अनलाइन पत्रिका प्रत्येक जिल्लाको समाचार, प्रोफाईल, विभिन्न पर्यटकिय एवं धार्मिक स्थलहरुको ग्यालरी तथा त्यस सम्बन्धि विषयवस्तुहरु, विज्ञापनहरु प्राप्त गर्न सकिन्छ । 


नेपालजस्तो सानो बजार  र चर्को प्रतिश्पर्धा भएको मुलुकमा ७५ जिल्लाकै स्थानीय प्रमूख पत्रकारहरुको आआफ्नै महत्वपूर्ण भुमिकामा संचालनमा आउने यस अनलाइन समाचार माध्यममा सहकार्यमा रहेका सम्पूर्ण प्रदेश प्रमुख, सहायक प्रमुख, जिल्ला सम्पादक, प्रवास प्रमुख र अन्य रिपोर्टरहरुको लागि सासले छुट्टै बिधान तथा नीतिहरु निर्माण गरेको छ । उक्त नीति र बिधान बमोजिम साझा सबाल संचालन हुने हुँदा साझा सबाल डट कममा आवद्ध सबै पत्रकारहरुले अनिवार्य सासका नीतिहरु अवलम्बन गर्नुपर्नेछ । साझा सबाल केन्द्रले हालसम्म जारी गरेको नीति बाहेकका थप नीति तथा कार्यक्रमहरु हरेक २ बर्षमा परिमार्जन गर्न पाउने ब्यबस्था छ । यस अनलाइन मिडियाको आगामी दुई बर्षको लागि तय भएको नीति भदौ २४ र २५ गतेको काठमाडौँ भेलापछी स्वत: लागु भएको छ । 

साझा सबाल अनलाइनका सबै प्रतिनिधिहरु:

- देशको बिकास, शान्ति, समृद्धि र हितमा मात्र पत्रकारिता गर्नेछन् । 

- पत्रकार आचारसंहितामा रहनेछन् ।

- राष्ट्रिय अखण्डतामा प्रतिकुल असर पार्ने काम गर्ने छैनन् ।

- हिंशा, आतंक र अपराधलाई प्रोत्साहन गर्ने गरि समाचार सम्प्रेषण गर्नेछैनन् ।

- विभत्स तश्विर तथा सामाग्रीहरु प्रकाशन गर्ने छैनन् ।

- राजनीतिक समाचार तथा सूचनामा सन्तुलन कायम गर्न जान्दछन् ।

- कुनैपनि धर्म, सम्प्रदाय वा जातजातिलाई पक्ष-विपक्ष नबनाई कार्यसम्पादन गर्न तत्पर छन् । 

- घटनामा असम्बन्धित व्यक्तिको नाम आफ्नो समाचारमा उल्लेख गर्ने छैनन् ।

- तथ्यलाई बंग्याएर समाचार सम्प्रेषण गर्ने छैनन् ।

- पत्रकारिताको धर्मलाई संधै सिरमा राखेर काम गर्दछन् । 

- कुनैपनि बिज्ञापनलाई समाचार बनाएर प्रकाशन गर्ने छैनन् ।

- अरुबाट प्राप्त समाचार वा सामग्रीको स्रोत स्पष्ट खुलाउनेछन् ।

- सबै जिल्ला तथा संचारकर्मीसँग सवैमा आवश्यक सहयोग तथा एकतामा रहने तत्परता छ ।

- लोकतन्त्र, मानव अधिकार तथा शान्तिको लागि सदा जिम्मेवार हुनेछन ।


विकसित राष्ट्रहरूमा झैँ परम्परागत मिडियालाई विस्थापित गराउने हदसम्मको पहूचमा अनलाईन पत्रकारीताको विस्तार हुनु आवश्यकता छ । हामी त्यहि दौडमा छौं । हरेक जिल्ला र संचार परिवेशलाई जोड्दै सबै नागरिकको निकटमा रहने र सुचनाको खोजीमा समेत सबैभन्दा सहज अनलाइन मिडिया बनाउने हाम्रो कार्य निरन्तर बिकासको चरणमा छ । यस मिडियामा जोडिने सबै संचारकर्मीहरुलाई तालिम दिने र ब्यबस्थित पार्दै लैजाने हाम्रो नीति छ । साथै हाम्रो मुटुनै हाम्रा अनलाइन पाठक भएकाले हाम्रा पाठकहरुलाई सहज हाम्रो पहुँचमा राख्नको लागि निरन्तर प्रयास रहनेछन । यो अनलाइनले अनलाइन पत्रकारिताको जग समाएको कारण यसमा अपडेट हुने समाचारिय सामग्रीहरु संधै निशुल्क हुनेछन ।


वेवसाइटको नाम तथा संचालन विधिः

नेपालका ७५ जिल्लाकै पत्रकारहरुले एकैसाथ अपडेट गर्न मिल्ने गरि तयार पारिएको यो नविनतम अनलाईन समाचार साइटको नाम www.sajhasabal.com (साझा सबाल डट कम) हो र प्रत्येक जिल्लाको गृहपृष्ठ निर्माण गर्ने क्रममा यस वेवसाइट www.sajhasabal.com/........ (खाली ठाउँमा नेपालको कुनैपनि जिल्ला) छ । सम्वन्धित जिल्लाको छुट्टै गृहपृष्ठ नै खुल्छ ।


महत्वपूर्ण नीतिहरु:


 यस अनलाइन मिडियाले हरेक जिल्ला र प्रदेशलाई स्वतन्त्र पत्रकारिताको अभ्यास गर्न प्रेरित गर्दै आएको छ । हरेक जिल्लाको आफ्नै पृष्ठमा सम्पादन गर्ने यो अनलाइनमा अहिले ४४ जिल्ला सम्पादक छन्, जसमा ३५ जनाको सक्रिय भूमिका रहेको छ भने अब यस अनलाइनले छिट्टै अरु जिल्लालाई पनि समेट्ने नीति लिएको छ ।

• यो अनलाइनमा जोडिने जिल्ला संचारकर्मीहरु व्यक्तिगत राजनीतिक क्रियाकलापमा संलग्न हुन तथा राजनीति गर्न स्वतन्त्र छन् तर यस अनलाइनमा राजनीतिक पक्षपातपूर्ण र कुनै पनि जात धर्म वा सम्प्रदायको एकपक्षिय सुचना तथा समाचार भने दिन पाइनेछैन । हरेक सुचना सन्तुलित बनाउन प्रयास गर्नेछन ।

कुनैपनि संचारकर्मीले यस अनलाइनलाई निहित स्वार्थपूर्तिको लागि नभई उक्त गाउँपालिका, जिल्ला, प्रदेश वा देशको को बिकासको साथै सत्य, तथ्य र विश्वसनीय संचार सम्प्रेषणमा केन्द्रित हुनुपर्नेछ । 

• यस अनलाइनले आफ्नै कुनैपनि जात, धर्म, राजनीतिक आस्था र बिचार पैरवी गर्दैन र गर्नेछैन ।

• यो अनलाइनलाई देशको बिकास, समृद्धि र उज्ज्वल भविष्यको सम्बाहक बनाइनेछ भने यसको गलत उपयोग यस अनलाइनमा आवद्ध कसैले पनि गर्नेछैन ।

 यो अनलाइन मिडिया हालसम्म स्वतन्त्र छ र स्वतन्त्रनै राखिनेछ ।

 बाँकी नीति तथा संचालन सम्बन्धित निर्देशनहरु सासको नीतिमा स्पष्ट तोकिएको छ, सासमा आवद्ध सबै संचारकर्मीहरुले उक्त नीति अनुसारनै काम गर्नेछन्  

 

वेवसाइटको सम्पादनको सम्बन्धमा

यो वेवसाइट नेपाल सरकार सूचना विभाग तथा प्रेस काउन्सिल नेपालमा नियमसँगत दर्ता भई संचालनमा आएको हुँदा यसमा प्रकाशन हुने सबै सामग्रीहरु पत्रकार आचारसंहिता अनुसार नै हुनेछन् । प्रत्येक जिल्लाका पत्रकारहरुले आफ्नो जिल्लामा भएका घटनाहरु आफैले सम्पादन गरी आफैले वेवसाइटमा राख्न सक्नेछन् तर आफ्नो जिल्ला बाहेक अरु कुनै जिल्लामा घटेको घटना प्राप्त गरे सम्बन्धित जिल्लाको पत्रकारलाई इमेल वा फोन मार्फत जानकारी गराउन सक्नेछन् । वेवसाइटमा समाचार तथा सामग्रीहरु गलत रुपले सम्प्रेषण गरे वा आफूले पाएको कुनैपनि जिम्मेवारी दुरुपयोग गरे त्यसको जवाफदेहि सम्बन्धित जिल्लाकै सम्पादक हुनेछन् र कम्पनिले त्यस विषयमा अध्ययन गरि कारवाहि प्रकृया अगाडि बढाउन समेत सक्नेछ । पत्रकारले जिल्लाको घटना वा विषयवस्तुमा केन्द्रित भई समाचार सम्पादन गर्नेछन् । समाचारका लागि उपयुक्त जतिपनि सामग्रीहरु यस वेवसाइटका लागि उपयुक्त हुनेछ । जिल्लाले सम्पादन गर्न नमिल्ने सामग्रीहरु जस्तैः लेख, मनोरञ्जनात्मक समाचार, बिचित्र संसार, टिप्सहरु र अन्तराष्ट्रिय समाचार तथा सामग्रीहरु आदि केन्द्रमा इमेल गर्नुपर्नेछ । कुनैपनि सक्रिय जील्ला दुई हप्तासम्म अपडेट नभएको अवस्थामा त्यस जिल्लाबाट अन्य संचारकर्मीहरुको समाचार तथा सामग्रीहरु अपडेट गर्न सक्नेछ । तर बाइलाइन भने उल्टोगरि राखिनेछ ।


व्यक्तिगत लेख तथा सामाग्री सम्पादनको सम्बन्धमा

साझा सबाल डटकमले सबै जनताको प्रतिनिधित्व गर्ने हुँदा यस अनलाइनमा आम नेपाली नागरिकको लेख, विश्लेषण तथा लेखहरुलाई स्वतन्त्र रुपमा स्थान दिन सक्नेछ । साथै यस अनलाइनमा आम नागरिक मार्फत आएका कुनैपनि व्यक्तिगत विचार, व्यक्तिगत लेख र व्यक्तिगत विश्लेषणले कसैलाई प्रभाव पारेमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयम् लेखकले नै लिनुपर्नेछ । त्यस्ता विवादित सामग्री स्वयम् लेखकको निवेदनमा मात्र हटाउन सकिनेछ ।


प्रतिलीपी गरिने समाचारका सम्बन्धमा 

यस अनलाइन पत्रिकामा अपडेट भएको कुनैपनि जिल्लाको सामग्रीहरु अन्य पत्रपत्रिका तथा सञ्चार माध्यमहरुले नक्कल गर्न पाउनेछैनन् । यदि गरेमा साझा सबाल डट कमबाट साभार भनि बाइलाइन समेत हुबहु हुने गरी राख्न पाइनेछ ।

 त्यस्तै यस अनलाइनले पनि अन्य मिडियामा प्रकाशित सामग्री हुबहु नक्कल गर्नेछैन गरिहाले पनि स्पष्ट साभार मिडियाको नाम खुलाउनेछ । 

धन्यवाद !

सम्पादक