२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट

२०८१, ५ जेष्ठ शनिबार ०५:२३

जेठ ५, काठमाडौं | नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए।

सहकारी ठग मन्त्रीलाई जोगाउन कांग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ। 'ससदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला सहकारी ठगको पक्षमा उभिनु भएको छ। जनतालाई ठग्नेहरूले कस्तो सुशासन र समृद्धि ल्याउलान?,' विष्टको प्रश्न छ।

एमालेका नेताहरू पनि सहकारी ठगीमा फस्ने भएकाले ओली सहकारी ठगहरूको पक्षमा उभिएको विष्टले औल्याए। सभामुख पनि आफ्नै पार्टीको भएकाले ओलीले सभामुखसँग कार्यकर्ताको जस्तो व्यवहार गर्न खोजेको विष्टको टिप्पणी छ। 

'संसदीय व्यवस्थामा सभामुख पनि जिम्मेवार हुनुपर्छ। कुनै दलको इसारामा चल्नु हुँदैन। तथस्ट बनेर न्यायकारी भूमिका निर्वाह गर्नुपर्छ। कांग्रेसले सभामुखबाट त्यस्तै जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा गरेको छ,' उनले भने। सभामुखले तथस्ट भूमिका नदेखाए त्यो कांग्रेसका लागि सैह्य नहुने विष्टको चेतावनी छ।

'देशमा अस्थिरता सिर्जना गर्ने र राज्य दोहन गरेर आफू मोटाउनेहरू जिम्मेवार हुँनै सक्दैनन्। हामीले सहकारी ठगीमा निष्पक्ष छानविन गर्न संसदीय छानविन समिति गठन गरौं भनेका हौं। के त्यो कांग्रेसको गलत माग हो? गल्ति छैन भने छानविन समिति गठन गर्न किन डराउन पर्‍यो? छानविन समितिबाट भाग्नुले ठूलो गडबडी रहेको प्रस्ट हुन्छ,' उनले भने।

जनतालाई ठग्ने अधिकार कसैलाई नभएको विष्टको धारणा छ। छानविन समिति गठन नभएमा सदन चल्न नसक्ने र कांग्रेसले सडकदेखि सदनसम्मै संघर्ष जारी राख्ने उनको चेतावनी छ।

सरकार र सत्तारुढ दलका क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धि पनि खतरामा पर्ने देखिएको विष्टको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ