२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

फेशियल गराउँदा एचआईभी सङ्क्रमण भएपछि….

२०८१, १७ बैशाख सोमबार ०६:५८

बैशाख १७, काठमाडौँ |  मानिसहरू हिजोआज लामो समयसम्म सुन्दर र जवान देखिन कस्मेटिक सर्जरी र सुईको साहारा लिइरहेका हुन्छन् । यसै मध्ये एक  फेशियल भ्याम्पायर फेशियल हो।

अमेरिकामा भ्याम्पायर (अनुहारमा सुई लगाएर छालालाई सुन्दर देखाउन गरिने) फेशियलबारे एउटा अचम्मको घटना बाहिरिएको छ । भ्याम्पायर फेशियल गराउन गएका तीन महिलालाई एड्स गराउने भाइरस एचआईभीको सङ्क्रमण भएको छ ।

 बढ्दो उमेरको निशानी छोप्न मानिसहरू भ्याम्पायर फेशियल ट्रिटमेन्ट गर्ने गरेका छन् । यसमा हातबाट रगत निकालेर सुईमार्फत सोही व्यक्तिको अनुहारमा इन्जेक्ट गरिन्छ । यसको लागि ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्छ ।

महिलाहरूलाई भाइरसको संक्रमण अमेरिकाको न्यू मेक्सिको राज्यको एक स्पामा भ्याम्पायर फेशियल गराउँदा भएको हुन सक्ने बिहीबार अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल (सीडीसी)ले बताएको छ । कस्मेटिक इन्जेक्शनको क्रममा कसैलाई एचआईभी भएको यो पहिलो केस भएको सीडीसीको भनाई छ । यस अघि यस्तो घटना कहिले पनि नदेखिएको एउटा विज्ञप्तिमा सीडीसीले भनेको छ ।


सन् २०१८ मा एक महिलाले न्यू मेक्सिकोमा लाइसेन्स बिनै चलिरहेको एउटा स्पाबाट प्लेटलेट–रिच–प्लाज्मा माइक्रोनिडलिङ प्रक्रियाबाट फेशियल गराएका थिए । यसपछि महिलामा एचआईभी पोजिटिभ पाइएको थियो । यो घटना बाहिर आएपछि सीडीसीले न्यू मेक्सिकोको स्वास्थ्य विभागसँग मिलेर कस्मेटिक इन्जेक्शनबाट एचआईभी कसरी भयो भनेर यसको छानबिन गरेको थियो ।

एचआईभी सङ्क्रमण भएकी महिलाले कहिले पनि सुईबाट लागू औषध लिएकी थिइनन् । न त सङ्क्रमित रगत नै दिइएको थियो । उनले एचआईभी सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्क पनि नराखेको बताइएको छ । भ्याम्पायर फेशियल गराएपछि उनमा एचआईभी पोजिटिभ देखियो । एचआईभीको सङ्क्रमण अल्बुकर्कको भीआईपी स्पामा भ्याम्पायर फेशियल गर्दा भएको सन् २०१९ मा न्यू मेक्सिकोको स्वास्थ्य विभागले भनेको छ ।

यस घटनापछि स्पालाई बन्द गराइयो । सन् २०२३ सम्ममा सो स्पाबाट भ्याम्पायर फेशियल गराएका चार महिला र एक पुरुषमा सङ्क्रमण पाइएको छ । पुरुष चार महिलामध्ये एकको पार्टनर भएको बताइएको छ । संक्रमितमध्ये दुईले कस्मेटिक सुई लगाउनु अघि नै आफूलाई सङ्क्रमण भएको हुन सक्ने बताएका थिए । तर तीन जनालाई भने स्पाबाटै सङ्क्रमण भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना