मोटरसाइकलबाट नहरमा खस्दा पानी डुबेर दुई युवकको मृत्यु

Posted on: 20 Jul, 2017

साउन ५, कञ्चनपुर | दुर्त गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुदाँ बुधबार राती १०:३० बजे मोटरसाइकल सवार दुई युवकको भि.न.पा.–११ भुजेलाको मुल नहरमा खस्दा पानीमा डुबेर मृत्यु भएको छ । 

मुत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भुजेला मा बस्दै आएका वर्ष २५का डम्बर पन्त र भतिजा २२ मनोज पन्त हुन् ।  डम्बर पन्त दार्चुलाको सर्माली गाउँमा कररामा हेल्थ असिस्टेन्टको जागिर गर्दे आएका थिए ।  यही १४ गते हुने आयोगको परिक्षा दिन साउन ४ गते बुधबार आएका थिए भने मनोज पन्त सुदूरपश्चिम विश्व विद्यालयमा बिबिए पाचौ तहमा अध्ययनरत थिए स्नाताक तहमा पढदै आएका थिए । 

बुधबार बेलुका आफ्नै नातेदार लोकेन्द्र पन्तको मोटरसाईक, वासखेडाको पिपल चौतारा जान्छु भनी  मागेर लगेको अवस्थामा दुवै जाना राति अबेर सम्म पनि नआए पछि दुवैलाई खोजना हिडेका लोकेन्द्र पन्तले महेन्द हाइवेको नजिक मोटरसाइकलमा आउन लागेको भेटाए पछि रोक्न खेज्दा झन स्पिड चलाएका थिए भने त्यही नजिकै रेहको मुल नहरमा मोटरसाईकल अनियन्त्रित हुदा दुवै नदीमा खसेक थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!