८ वटा कारको नक्कली कागजात बनाई सवारी दर्ता गराउने गिरोह प्रकाउ

Posted on: 14 Jul, 2017


भास्कर के.सी/असार ३०, कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले नक्कली सरकारी कागजात दस्तखत किर्ते गरी सवारी साधन दर्ता गराउने गिरोह प्रकाउ गरी ठुलो सफलता हात पारेको छ ।

नक्कली किर्ते गरी सवारी साधन दर्ता गराउने जिल्ला कैलाली भजनी ०३ बस्ने बर्ष ३७ को गोकुल प्रसाद श्रेष्ठ र दार्चुला जिल्ला हिकिला ८ घर भई भि.न.पा ४ कंचनपुर वस्ने वर्ष २५ को हिमाल जोशीलाई लाई यही असाढ २९ गते प्रकाउ गरी अनुसन्धान पक्रिया अगाडी बढाएको छ । 

श्रेष्ठले भारतीय नागरिकहरु आलोक श्रीवास्तव, सन्नि सरदार, जानी भाई लगायतका भारतीय तस्करहरू संग सम्वन्ध राखि चोरीका सवारी साधनहरू (भारतमा चोरी भएको भनि विमा मार्फत रकम लिने र उक्त सवारी साधनहरू नेपाल तर्फ तस्कर गर्ने) कम मुल्यमा खरिद गरि ल्याउने र भन्सार लिलामीका भएको भनि नक्कली कागजातहरू छोटी भंसार कार्यालय गुलरिया, पथलैया भंसार कार्यालयको नाममा किर्ते बनाई यायायात ब्यबस्था कार्यालय महाकाली तथा सेती कार्यालयका कर्मचारी संग मिलोमतो गरी यातायात कार्यालयको अभिलेखमा दर्ता गरी महंगो मुल्यका सवारी साधनहरू सस्तो मुल्यमा बिक्रि गर्ने गरेको छन् ।


सरकारी कागज, छाप कृते गरी महाकाली अञ्चल यातायात कार्यालयबाट दर्ता गराएका जिप कार तथा मोटरसाइकलहरु  म२प ६०२२, म२प  ६०२३, म२प  ६०२४, म२प ६१३८, म२प  ६१४३, म२प  ६१४५, म२प ६१५२, म२प  ६१५३, म२प  ६३१८, म२प  ६३१९, म२प ६३२०, म२प  ६३३६, म२प  ६३३७, म२प ६३५४ र म२प  ६३५५ गरि १५ वटा मोटरसाईक रहेका छन् । 

त्यसैगरी सेती अञ्चल यातायात कार्यालबाट दर्ता से५प ७१७३, से५प ७१७४, से५प ७१७५, से५प ७४४२, से५प ७४४३, से५प ७४४५ र से५प ७५५१ नं.का गरि ७ वटा रोयल ईनफिल्ड मोटरसाईकल रहेका छन् । भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वरामद गरिएका सामानहरू  लेनोभो कम्पनीको ल्यापटप–थान २, पेन ड्राईभ १ थान, सुनको सिक्री–थान १,  ब्लु–बुक थान ९ मोटर साईकलको, १ थान कारको, २ थान खाली, गाभा कम्पनीको मोवायल थान १, चादीको ब्रासलेट थान १, नगद रु १ लाख, काठमाण्डु बैङक को ११लाख र ४ लाखको चेक थान २ सुस्मिता बमको नामको, चक्कु थान १, कालो रङको झोला थान १ (एक),  बेसाबुत मोवाईल थान १ (एक), बिभिन्न बैङकका चेक थान ३ (तिन), सारिका मल्टीटेडर्स लेखेको बिल ठेली थान १ (एक), निजको साथवाट १० थान होलोग्राम र सिरियल नं. सहितका सवारी दर्ता प्रमाण पत्र वरामद भएकोमा २ थान खाली समेत फेला परेको छ । 


उनीहरुले चारपाङ्ग्रे गाडिहरू वढि ८ लाख सम्ममा भारतवाट सवारी साधनहरू मगाउने र १० देखि २५ लाख सम्ममा विक्री गर्ने, रोयल ईनफिल्ड मोटरसाईकलहरू ७० हजार सम्ममा खरिद गरि ३ लाख सम्ममा विक्रि गर्ने गरेको अनुसन्धान टाली का प्रमुख प्रहरी नायव उपरीक्षक भीम वहादुर दाहालले बताउनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!