बेल्डाँडीका स्वयमसेवीकालाई साइकल बितरण

Posted on: 23 Jul, 2017


साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण गरिएको छ ।

क्षेत्र नं. १ सांसद विकास कोषको रकमले बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीका ४९ जना महिला स्वास्थ्य स्वयमसेवीका लाई ब्यवस्थापिका सांसद सदस्य दिवान सिह बिष्टले साइकल बितरण गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य जनक धामीले जानकारी गराउनु भयो । रौतेली विचवा स्वास्थ्य चौकीका १० जना र बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रका ३९ जना महिला स्वास्थ्य स्वयमसेवीका लाई ३ लाख ५० हजार रकम बराबरको साइकल बितरण गरिएको हो ।

गत आर्थिक बर्षको परिषदमा वडा भेला देखि महिला स्वास्थ्य स्वयमसेवीका लाई साइकलको माग आए पनि बेल्डाँडी गाउँपालिकाको बजेटले नभ्याए पछि उक्त मागलाई सांसद विकास कोषमा पठाएको थियो ।

आफुहरु लाई गाउँघरमा हिडडुल गर्न निकै कठिन भएको भन्दै साइकलको माग गर्दै आएका स्वयमसेवीकाको माग आज पुरा भएको छ । नयाँ साइकल हातमा परेकोले आफुहरुलाई काम गर्न थप हौसला मिलेको बेल्डाँडीका स्वयमसेवीकाहरुले बताएका छन् । आगामी दिनमा पनि यस्तै सहयोगको अपिक्षा समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दिवान सिह बिष्टले भने बेल्डाँडीमा एम बि बि एस डक्टर आफ्नो पहलमा ल्याएको जिकिर गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग बेल्डाँडीलाई गर्ने कुरा समेत जनाएका छन् । कार्यक्रममा सहभागि अधिकांसले रौतेली स्वास्थ्य चौकीका लागि पनि एम्बुलेन्सको माग गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!