शिवरात्रीको अवसर पारी कञ्चनपुरमा प्रदेशस्तरिय औद्योगिक महोत्सव शुरु

Posted on: 12 Feb, 2018

कञ्चनपुर, माघ २९ गते 

७ नम्बर प्रदेश कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । सोमबारदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको खुलामञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो । ७ नम्बर प्रदेशका प्रदेश प्रमुख मोहन राज मल्लले महोत्सवको उद्घाटन गर्नुभयो । 

महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले आर्थिक विकासका लागि मेला दाभदाय हुने बताए । प्रदेश प्रमुख मल्लले ७ नम्बर  प्रदेशको आर्थिक विकासका लागि राजनीतिक भन्दा माथि उठेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।  यस्तै महोत्सवमा नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले महोत्सवबाट आर्थिक विकासको अपेक्षा लिए । 


पुर्व वाणिज्य मन्त्री समेत रहेका माओवादी नेता लेखराज भट्टले आफ्नै पालामा दोधाराचाँदनीमा सुक्का बन्दरगाह घोषणा गरिएको बताउदै संचालनमा सरकारी तर्फबाट पहलहुनुपर्नेमा जोडदिए । प्रदेश सरकारले समेत आर्थिक क्षेत्र पहिचान गरेर अघि बढाउन उनले सुझाव दिए । कञ्चनपुर उद्योग वाणिज्य संघले स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रर्बद्धन र व्यापार बृद्धिका लागि औद्योगिक व्यापार महोत्सव आयोजना गरिएको जनाएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य संंघका अध्यक्ष सुरेश रावलले ७ नम्बर प्रदेशका ९ वटै जिल्लाबाट उत्पादित बस्तु तथा सेवाको प्रर्दशन गरिने बताए । उनका अनुसार स्थानीय पर्यटन प्रर्बद्धनका लागि टुर प्याकेज कार्यक्रम समेत संचालन गरिने भएको छ ।  यस क्षेत्रका स्थानीय कला, संस्कृती खाद्य परिकारको समेत प्रर्बद्धन गरिएको छ । मेलामा विभिन्न सेवा तथा बस्तुका १ सय ५० स्टलमा दैनिक उपभोग्य समाग्री, गारमेण्टका समाग्री, ईलेक्टोनिक्स, अटो मोबाईल, कृषिका आधुनिक औजार सामाग्री बाल उद्यान दुग्धजन्य बस्तु लगायतको व्यापार हुने छ ।  ७ नम्बर प्रदेश सबै जिल्लाको कला संस्कृती र बस्तु तथा सेवाको प्रर्दशनका साथै छिमेकी मुलुक भारतको उत्तराखण्ड बनबासा, टनकपुर खटिमा क्षेत्रका कलाकारले समेत कला प्रस्तुत गरिनेछन् । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव जोशीले महोत्सवबाट स्थानीय बस्तु तथा सेवाको कारोबार हुने बताए । उनका अनुसार महोत्सव अवधिमा ५ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ ।  

आयोजकले ६२ लाख, ५० हजार आम्दानी गर्ने र २६ लाख, ५० हजार नाफा गर्ने अनुमान गरिएको उनले बताए ।  मेलामा विश्वबाट लोपोन्मुख हुन डाईनासोर, विद्यार्थीले बनाएको हेलिकेप्टरको समेत प्रर्दशन गरिएको छ ।  

१० दिनसम्म संचालन हुने महोत्सवमा २ लाख दर्शनले अवलोकन गर्ने आयोजकले जनाएको छ ।  महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत २५ र साधारण तर्फ ५० रुपैया टिकट निर्धारण गरिएको छ । मेला फागुन ९ गते सम्म संचालन हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!