स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन: कोइराला

Posted on: 03 Feb, 2017

माघ २१, विराटनगर । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा शुक्रबार दिउँसो पत्रकारसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन गर्दा विवाद हुने सम्भावना रहेकाले स्थानीय निकायको निर्वाचन हुने दाबी गरे । 

मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको भन्दै उनले मुलुकलाई जटिल अवस्थाबाट बचाउन जसरी पनि निर्वाचन गराउनुपर्ने आवश्यकता रहेको बताए । 

मधेसी मोर्चाले दोहोरो नीति अपनाउन खोजेको प्रसङ्ग उल्लेख गर्दै मुलुकलाई अन्यौंलताबाट हटाउन मोर्चालगायत सबै दललाई एक्यबद्धता हुनुपर्ने आवश्यकतामाथि जोड दिए । 

पत्रकारको जिज्ञासामा उनले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!