३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता पनि सामुदायिक विद्यालयः भर्नाको लागि कोटा भन्दा ५ गुणा आवेदन परेपछि ‘मोबाइल अफ’

२९ चैत्र २०७५, शुक्रबार ०१:०१

चैत २९, विराटनगर | नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । 

यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बसेका हुन् ।

विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि प्रवेश परीक्षाअघि सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बस्नुपरेको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिए । ‘प्रवेश परीक्षा सुरु भएदेखि त्यसको नतिजा नआउञ्जेल हामी सबै शिक्षकको मोबाइल अफ हुन्छ,’ प्रधानाध्यापक भट्टराईले भने । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा महेन्द्र विष्टले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन