​मोरङमा बन्दको प्रभाव

Posted on: 22 Feb, 2017

फागुन ११ ,विराटनगर। मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् ।  सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।  मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!