सहाराविन नावालकको सवैसित सहयोगकको याचना

Posted on: 16 Dec, 2016

जितेन्द्र भण्डारी | पुस १, पाँचथर | तेह्रथुम आठराई सक्रान्ति स्थित सिरुपानी भन्ने दलित वस्तीका एक नावालक साहाराविन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।

वुवा खगेन्द्र लोहार वच्चा जन्मेको ४ महिनामा नै भारत गएर परिवार सित सम्पर्क विहिन भएको र आमा जण्डिसका कारण मृत्यु भएपछि नावालक (सन्दिप) लोहार अहिले सहाराविन बनेका हुन् ।

उनलाई अहिले पाँचथर फिदिम १ मा वस्दै आएकी सानीआमा पवित्रा लोहारले हेर्दे आएकी छिन् । उनको अक्षयकोष स्थापना गरी सहयोग गर्ने उदेश्यले सवैसित सहयोगका लागि आग्रह गरिएको उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“अहिले देश विदेशमा रहेका सवै नेपालीहरुलाई सामाजिक संजाल मार्फत सहयोगको निम्ति कुरा गरिरहेको छु,स्वदेश विदेशमा रहेका दाजुभाई दिदीवहिनीहरुलाई सहयोगको लागि हार्दिक अनुरोध  गर्दछु ।” उहाँले जाडोयाम बाट वच्नका लागि न्यायनो कपडा समेत प्रदान गर्नुभएको छ ।

 यस्तै उद्योग वाणिज्य संघ पाँचथरका कार्यकारी अधिकृत नवराज घिमिरेले रु ५ हजार सहयोग गर्ने वताउनुभयो । आर्थिक अवस्था कमजोर भएपछि नावालक लाई लिएर सानीआमा पवित्रा दिनभर घरबनाउने ठाउँमा गएर हेल्पर काम गर्छिन् ।

उनले वच्चाको लालनपालन र शिक्षादिक्षाको निम्ति सवैसित सहयोगको याचना गरेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!