पाँचथरको फिदिममा एक वृद्धको हत्या

Posted on: 13 Jun, 2021

कमल घिमिरे ।जेठ३०। पाँचथर,   पाँचथरको फिदिममा ८० बर्षीय एक वृद्धको धारीलो हतियार प्रयोग गरी हत्या भएको छ ।
फिदिम नगरपालिका वडा नं. ४ जोरसाल नजिकै बसोबास गर्दै आएका टेक बहादुर  इङ्वाको हत्या भएको हो । उनको टाउको र शरिरमा गम्भीर चोट देखिएको छ। घरमा श्रीमान श्रीमती मात्र बस्दै आएका थिए । आइतबार बिहान बुवा आमा भेट्न भनेर मृतकका कान्छी बुहारी घर आउँदा हत्या भएको थाहा पाएको बताइएको छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ। । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!