पाँचथरमा २७ प्रतिशत रोपाईँ सम्पन्न

Posted on: 29 Jun, 2021

कमल घिमिरे।असार१५।पाँचथर, पाँचथर जिल्लामा असार पन्ध्र सम्म आइपुग्दा २७ प्रतिशत धान रोपिएको छ ।

अघिल्लो वर्ष यही समयमा २३ प्रतिशत रोपाईँ भएको थियो । गत वर्षको तुलनामा ४ प्रतिशत बढी रोपाई भएको कृषी ज्ञान केन्द्र प्रमुख सागर विष्टले बताएका छन् । कृषी ज्ञान केन्द्रका अनुुसार पाँचथरमा ९२०३ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ । जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका धान खेतीको लागी मुख्य क्षेत्र मानिन्छ ।  यो वर्ष समयमानै मनसुन सुरु भएका कारण रोपाईँ सहज भएको कृषकहरुले बताएका छन् ।

जिल्लामा सामान्यतया असारको पहिलो हप्ता रोपाईँ सुरु भइ साउनको तेस्रो हप्ता सम्ममा सम्पन्न गर्ने गरिन्छ । कतिपय ठाउँमा आकाशे पानिको भर पर्नु पर्ने भएकोले मनसुन सकृय हुँदा रोपाईँ चाँडो सकिने र नहुँदा ढिलो हुने बताइएको छ । जिल्लामा सख्खा,बेलकुटी, जमारा लगायत जातका धान रोप्ने गरेको ज्ञानकेन्द्र प्रमुख विष्टले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!