शरिरभरी मौरी राखेर प्रदर्शन

Posted on: 30 Jan, 2017

पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उनले यो कुरा पाँचौ पर्वत महोत्सवमा समेत प्रमाणित गरी देखाएका छन् । पाँचौ पर्वत महोत्सवको पाँचौ दिनमा उनले स्टेजमा अनुहारभरी मौरी बोकेर पुगे । आफूलाई मौरीपालक कृषकका रुपमा स्थापित गरेका उनले अनुहारभरी मौरी राखेर प्रदर्शनी समेत गरे ।

बार्षिक रुपमा २५ लाख कमाउने उनले मौरी र महबाटनै मनग्य आम्दानी भएको बताए । २०४५ सालदेखि उनले मौरीपालन व्यवसाय शुरु गरेका हुन । साथमा उनले माछापालन र फलफूल खेती समेत गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!