४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विपद्पीडितलाई रु ५० हजार राहत दिने विहादीको निर्णय

२७ पुष २०७९, बुधबार ०३:१७

पुस २७, पर्वत | दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो । 

गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिनुभयो । 

गुरुङका अनुसार बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नका लागि रु २० हजार दिने निर्णय गरेको छ । बैठकले बाढीपहिरो तथा अन्य विपत्तिबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्थाका लागि रु २० हजार तथा आंशिक घर क्षति भएमा मर्मतका लागि रु १० हजार, गोठ आगलागीबाट पूर्णरूपमा नष्ट भएमा रु आठ हजार र अन्य कारणबाट गोठ पूर्ण नष्ट भएमा रु आठ हजार प्रतिपरिवारलाई राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

विपद्मा परी घाइते भएकालाई सरकारी अस्पतालबाट उपचार गरी घर जान आर्थिक सहयोगस्वरुप प्रक्तिव्यक्ति रु पाँच हजार यातायात खर्च दिइने भएको छ । रोग लागि अतिविपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई रु पाँच हजार सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको उपाध्यक्ष मीना तिवारीले जानकारी दिनुभयो ।

विपद्का कारण पशु चौपाया मरेमा प्रतिमाउ भैँसी रु सात हजार, गाई–गोरु रु पाँच हजार, माउबाख्रा र बङ्गुर रु पाँच हजार, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ । साथै बिहादी गाउँपालिकाले ११औँ हिउँदे अधिवेशन आगामी माघ १० गते मङ्गलबार गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट