बेनी र कुश्मामा पनि आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी

Posted on: 07 Jan, 2019

पुस २३, बेनी | आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । 

सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गर्नुभयो । सो अवसरमा बोल्दै डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी गराउँनुभयो ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक श्री दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!