यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

Posted on: 20 Aug, 2019

भदौ ३, बुटवल | मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो कुराको जानकारी दिएका हुन् । 

प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अस्थायी संगठनको स्वीकृति समेत गरेको छ । प्रदेश लोकसेवा आयोग गठनपश्चात कार्यालय सञ्चालनको लागि   अस्थायी संगठन स्वीकृत गर्दैै सोही अनुसारको दरबन्दी समेत स्वीकृत गरेको हो । जसका लागि १३ जना कर्मचारीको दरबन्दीको स्वकृति समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै संघसंस्था दर्ता ऐन बनेको धेरै भएपनि कार्यान्वयनमा गएको थिएन । यसका लागि बनेको नियमावली स्वीकृत गरिएको छ । यस्तै प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरुको ११ औ तहदेखि कार्यालय सहयोगीसम्मको तलव स्केल केन्द्र सरकारले तोकेको अनुसारनै व्यवस्था गरी स्वीकृत गरिएको छ ।

त्यस्तै बैठकले प्रदेशको वन निर्देशकमा जगदिशप्रसाद गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्यूठान जिल्लाको लुङ्ग्ग्री–माडी सिञ्चाई आयोजनाको लागि अस्थायी दरबन्दी सृजना गरी कार्यालय स्थापना गर्ने भएको छ । जसको लागि कुल ११ जना कर्मचारीको व्यवस्था गरिएको  प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

यस्तै बैठकले दाङको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको अस्थायी कार्यालय बाँके जिल्लामा स्थापना गर्ने निर्णय समेत गरेको छ भने करार सेवामा रहेका प्रदेशका अस्पतालहरुका कर्मचारीहरुको म्याद थप गरेको छ ।

त्यस्तै बैठकले मदरसा शिक्षा कार्याविधि २०७६ समेत स्वीकृत गरेको छ ।  बैठकबाट सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!