२ करोड बराबरको कपडा र काजुसहित भैरहवा भन्सारबाट दुई वटा ट्रक नियन्त्रणमा

Posted on: 26 Aug, 2023

भदौ ९, भैरहवा | भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा र काजुसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

भन्सार कार्यालयले प्लाष्टिकका दाना भनेर कपडा र काजु किसमिस लगायतका सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।

कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजांच गर्दा ठूलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को हो भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

शुक्रबार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बराबरका सामान रहेको पाइएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!