अर्थ/विकास | रुपन्देही - RPD


सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

Posted on May 23, 2021 | views : 2071 | रुपन्देही - RPD

जेठ ९, रुपन्देही (रासस)। नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो ।  एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचन

Read More

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

Posted on May 22, 2021 | views : 2951 | रुपन्देही - RPD

जेठ ८, नवलपुर | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अह

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 45007 | रुपन्देही - RPD

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र गर्न पर्यटनमन्त्रीको निर्देशन

Posted on December 06, 2020 | views : 2384 | रुपन्देही - RPD

मङ्सिर २१, सिद्धार्थनगर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ । शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले

Read More

नेपाल हाइड्रोका लगानीकर्ताको विवादले साधारण सभा स्थगित

Posted on November 01, 2020 | views : 2939 | रुपन्देही - RPD

कात्तिक १६, रुपन्देही | बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को चौधौ साधारण सभा आज बुटवलमा आयोजना गरिएको थियो । यसअघि कम्पनीको सबैभन्दा ठुलो लगानीकर्

Read More

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

Posted on October 14, 2020 | views : 2086 | रुपन्देही - RPD

असोज २८, राँझा । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँके

Read More

बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थ बिक्री

Posted on October 13, 2020 | views : 2550 | रुपन्देही - RPD

असोज २७, रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्र

Read More

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

Posted on September 30, 2020 | views : 1584 | रुपन्देही - RPD

नरेश केसी । असोज १४, लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ । 

Read More

औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै

Posted on September 11, 2020 | views : 2080 | रुपन्देही - RPD

भदौ २६, रुपन्देही | रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।  रोहिणी नदी नजिक

Read More

प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत

Posted on September 03, 2020 | views : 1678 | रुपन्देही - RPD

भदौ १८, बुटवल । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।  प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजे

Read More

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

Posted on July 14, 2020 | views : 2610 | रुपन्देही - RPD

असार ३०, बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।  उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवर

Read More

आलेख : लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

Posted on July 05, 2020 | views : 3610 | रुपन्देही - RPD

निरा गौतम । असार २१, रुपन्देही। शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उहाँका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिनुभएको बताइन्छ ।   वाण हानेर खसालेका घाइते

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64834 | रुपन्देही - RPD

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश नं ५ मा ४७ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति रोपाइँ ?

Posted on June 29, 2020 | views : 2674 | रुपन्देही - RPD

असार १५, रुपन्देही । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५  प्रतिशत रोपाइँ गरिएको छ ।  कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ ।  यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्र

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59515 | रुपन्देही - RPD

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

रुपन्देहीमा सशस्त्रका इन्स्पेक्टर र हवल्दार घुससहित पक्राउ

Posted on December 26, 2019 | views : 2469 | रुपन्देही - RPD

पुस १०, रुपन्देही | रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ परेका छन् | रुपन्देहीको  गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र  प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र 

Read More

गैर कानुनीरूपमा ई-सेवामार्फत् टिकट विक्री गरे प्रदेश ५ सरकारले कारबाही गर्ने

Posted on September 26, 2019 | views : 3514 | रुपन्देही - RPD

असोज ९, भैरवा | ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानुनीरूपमा ई-सेवामार्फत् हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ। प्रदेश सरकारले ई-सेवामार्फत् हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारबाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश

Read More

बुटवल उपमहानगरपालिकाको बजेट रु एक अर्ब ९० करोड

Posted on June 25, 2019 | views : 2455 | रुपन्देही - RPD

असार १०, रुपन्देही (रुपन्देही) | बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ९० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ एक अर्ब १२ करोड अर्थात करीब ५९ प्रतिशत र पूँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात ४१ प्रतिशत बजेट विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अ

Read More

रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिकाको बजेट सार्वजनिक

Posted on June 25, 2019 | views : 2965 | रुपन्देही - RPD

असार १०, खस्यौली (रासस) | रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ५४ करोड ३९ लाखको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको आज बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । आगा

Read More

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

Posted on May 20, 2019 | views : 12264 | रुपन्देही - RPD

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको

Read More

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

Posted on May 04, 2019 | views : 4551 | रुपन्देही - RPD

वैशाख २१, चितवन (रासस) | विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् ।  सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67393 | रुपन्देही - RPD

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने

Posted on March 22, 2019 | views : 3357 | रुपन्देही - RPD

चैत ८, बुटवल | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61964 | रुपन्देही - RPD

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

बुटवलको व्यस्त बाइपास सडकमा नयाँ पुल बन्ने, नगर प्रमुखद्वारा शिलान्यास

Posted on March 12, 2019 | views : 2150 | रुपन्देही - RPD

फागुन २८, खस्यौली (रासस) | बुटवलको व्यस्त बाइपास सडकको तीनकुने नजिकैको सोह्र–छत्तीस नहरमा नयाँ पुल बन्ने भएको छ ।  बुटवल उपमहानगरपालिकाले साँघुरो र कमजोर बन्दै गएको पुल हटाएर फुटपाथसहित दुई लेनको बनाउन लागेको हो । सबैभन्दा ठूलो जनसङ्ख्या रहेको वडा नं ११ र ९ लाई जोड्ने उक्त पुलको नगर प्रमुख शिवर

Read More

युवाको हातमा गौतमबुद्ध विमानस्थल: ७० प्रतिशत काम सकियो, भदौदेखि उडान

Posted on February 23, 2019 | views : 3353 | रुपन्देही - RPD

रमेश लम्साल | फागुन ११, काठमाडौँ (रासस) | सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या स

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50620 | रुपन्देही - RPD

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39539 | रुपन्देही - RPD

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More