सरकारी क्याम्पसमा विज्ञान पढ्ने छात्रालाई मासिक छात्रवृत्ति

Posted on: 02 Jul, 2019

असार १७, काठमाडौँ ।  बिज्ञान बिषयमा छात्राहरुको पहुच र आकर्षण बढाऊनका लागि प्रदेश ५ सरकारले सरकारी बिद्यालयमा बिज्ञान बिषय पढ्ने छात्रा लाइ मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ | छात्रवृत्ति दिनको लागि ४ करोड बजेट छुट्टयाएको छ | 

मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राहरुको लागि पनि छात्रवृत्ति पाउने छन् | त्यस्तै मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई अनमी र अहेब अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ ।

प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमूना विद्यालय निर्माण गर्ने, नमूना विद्यालयमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण तथा एक जना नर्स र खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने योजना पनि प्रदेश ५ सरकारले अघि सारिएको छ ।

शिक्षा क्षेत्रको विकास कार्यक्रमहरुका लागि प्रदेश ५ सरकारले ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बर्ष शिक्षा क्षेत्रमा दुई करोड बजेट बढी बिनियोजन गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!