छठपछि फेरी आन्दोलन: महतो

Posted on: 28 Oct, 2016

कात्तिक १२, सप्तरी | सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ । 

सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिनुभयो । 

संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिनेछ उहाँले भन्नुभयो । 

सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!