एक लाख नगद र तीन लाखको चेकसहित एमआइएस अपरेटर र लेखापाल रंगेहात पक्राउ

Posted on: 16 Aug, 2023

साउन ३१,  सप्तरी | एक लाख रुपैयाँ नगद र तीन लाखको चेकसहित सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटर र लेखापाल रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले एमआइएस अपरेटर वीरेन्द्रकुमार यादवलाई एक लाख नगद र लेखापाल टेकनारायण यादवलाई तीन लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो । 


सोलार बत्ती जडानलगायतको योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग नगद र चेकमा घुस लिइसकेको अवस्थामा अख्तियार टोलीले उनीहरूलाई राजविराज नगरपालिका– ३ बाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!