रंगेली घट्नाको बिरोधमा राजविराजमा प्रदर्शन

Posted on: 22 Jan, 2016

माघ ८, सप्तरी । मोरङको रंगेलीमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको बिरोधमा सप्तरीमा आज बिहानैदेखि प्रदर्शन भएको छ । मधेसी मोर्चाले बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बाल्दै प्रदर्शन थालेका छन् भने शैक्षिक संस्था र बजार समेत बन्द गराएका छन् ।

मोर्चाका नेता/कार्यकर्ताहरुले सरकारबिरुद्व नाराबाजी गर्दै बजार, पसल र शैक्षिक संस्थाहरु बन्द गराएका हुन् । पछिल्लो एक साता यता खुलेको राजविराज बजार रंगेली घट्नापछि पुनः बन्द भएको छ ।

सद्भावनाको भ्रातृ संगठन विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादवले शान्तिपूर्ण आन्दोलन गर्दा समेत सरकारले निहत्था जनतामाथि गोली प्रहार गर्न नरोकोकाले आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!