आफ्नै श्रीमतीलाई जलाएर मार्ने श्रीमान ८ वर्षपछि पक्राउ

Posted on: 22 Dec, 2016

पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्षीय शिवलाल महतोले ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । महतोलाई प्रहरीले हत्या भएको ८ वर्षपछि पक्राउ गरेको हो  । 

२०६४ साल साउन २४ गते राति ११ बजे महतोले आफ्नी श्रीमतीको हत्या गरी फरार भएका थिए । जग्गा वाँडफाँडको विषयमा कुरा नमिलेपछि महतोले सावित्रीलाई कुटपिट गरी हत्या गरेको र हत्यापछी घर पछाडिको बारीमा मट्टितेल छर्केर जलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीका अनुसार महतो फरार रहेको ८ बर्ष पछी गोप्य सूचनाका अधारमा गत मंगलबार पक्राउ परेका हुन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!