१८ महिने बालिकाको पोखरीमा डुबेर मृत्यु

Posted on: 19 Mar, 2017

चैत ६, त्रिशूली । पोखरीमा डुबेर जिलिङमा आज एक बालिकाको मृत्यु भएको छ । 

सर्लाहीको साविक लक्ष्मीपुर–९ घर भएर नुवाकोट जिलिङ–१ जालपाबारही इँटा उद्योगमा मजदुरी गर्दै आएका जयकरण माझीको १८ महिनाको छोरी नन्दलीको भट्टामा बनाइएको पोखरीमा डुबेर ज्यान गएको प्रहरी नायव उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । 

परिवारका अन्य सदस्य भट्टामा काम गरिरहेको समयमा खेल्ने क्रममा इँटा बनाउन बनाइएको पोखरीमा बालिका डुबेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!