सर्लाहीमा ३५ जना बिजुली चोर पक्राउ

Posted on: 29 Apr, 2017

सरोज यादव/बैशाख १६, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाबाट हुकिङ्ग मार्फत बिजुली चोरी गरी विधुतिय उपकरणहरु चलाउने ३५जना स्थानीय व्यक्तिहरुलाई नेपाल विधुत प्राधिकरण वितरण केन्द्र बरहथवाका कर्मचारीहरुले पक्राउ गरि जरिवाना तिराएको छ ।

पक्राउ परेका ३५ जना बिजुली चोरहरुबाट विधुत चोरी नियन्त्रणमा खटिएका बरहथवा वितरण केन्द्रका कर्मचारीहरुले जरिवाना वापत एक लाख सताइस हजार नगद रुपैया तिराएर छाडेको प्राधिकरणले जानकारी दिएको छ । 

अहिले जिल्ला भरीका विधुत प्राधिकरणका वितरण केन्द्रहरुबाट विधुत चोरी नियन्त्रण लागि कर्मचारी हरु सकृयता का साथ खटाइएको वितरण केन्द्र मलंगवाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!