सर्लाहीमा फेरि पोखरीमा डुबेर एक बालकको ज्यान गयो

Posted on: 16 Aug, 2017

सरोज यादव | साउन ३२, सर्लाही | सर्लाहीको हरिपुरमा पौडी खेल्ने क्रममा मङलवार एक युवकको ज्यान गएको छ । 

विहान करीब १० बजे बर्षातको पानीले बनाएको पोखरीमा पौडी खेल्ने क्रममा हरिपुर नगरपालिका ७ चिताइनका हिरालाल कुमर दनुवारको जेठो छोरो २२ वर्षिय लक्ष्मण कुमरको मृत्यु भएको हो । 

साथीहरुसँग पौडी खेल्न गएका उनी पोखरीमा हाम फालेको र घुमानेमा परेका थिए । उनी पौडन नसके पछि साथीहरुले हतार हतार निकालेर प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर पुर्याउने वितिकै डाक्टरले मृत घोषणा गरे । उनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!