सर्लाहीमा मन्त्री श्रेष्ठको घर नजिकै बम विस्फोट

Posted on: 25 Nov, 2017

मङ्सिर ९, काठमाडौं | सर्लाहीको रानीगञ्जमा रहेको पशुपन्छी विकास मन्त्री शम्भुलाल श्रेष्ठको घर नजिकै बम विस्फोट भएको छ । 

मन्त्री श्रेष्ठको घर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

विस्फोटको आवाज ठूलो भए पनि घरको कम्पाउण्ड बाहिर भएकाले नोक्सानी नभएको प्रहरीले जनाएको छ । अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!