सर्लाहीमा आँपको रुखमा झुन्डिएर एक युवाद्वारा आत्महत्या

Posted on: 01 Dec, 2017

सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका २ मा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन्  । 

हरिवन २ अत्रौली निवासी जागेश्वर महतोको ३५ वर्षिय छोरा रघुबिर महतो आफ्नै घरदेखि करिब दुई किलो मिटर पछाडी आँपको हागाँमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

पारिवारिक स्रोतका आनुसार महतोको मानसिक स्थिती बिगृएको थियो । आफ्नो घरमा नबसी दिनभरी गाउँ गाउँमा डुल्दै अरुसंग माग्दै हिडेका थिए । अचानक  ८ गते आफ्नो घरबाट निस्केर नजिकैको गाउँमा भोज खाएर बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

घट्ना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्ट्मार्टमका लागी जिल्ला अस्पताल सर्लाही लगिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी सई प्रेम यादवले जानकारी दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!