सर्लाही: नहरमा डुबेर एक जनाको मृत्यु

Posted on: 16 Feb, 2018

फागुन ४, सर्लाही । सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एक जनाको ज्यान गएको छ । 

दोलखा मेलुङ घर भएका ५५ वर्षीय दलबहादुर थापाको नहरमा डुबेर ज्यान गएको हो ।

उनी सर्लाहीको बागमती नगरपालिका-८ राजघाटमा बसेर मजदुरी गर्दै आएका थिए । तीनदिन देखि हराएका थापाको बिहीबार स्थानीयले बागमती सिँचाइ आयोजनाको मुल नहरको पानीमा डुबेको शव फेला पारेका थिए । 

मदीरा सेवन गरेकाले चिप्लिएर नहरमा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!