यस्ता माग सम्बोधन हुने भएपछि हुसेनको शव उठाउन आफन्त तयार

Posted on: 22 Nov, 2018

मंसिर ६, विराटनगर । बुधबार विहान दुहबी नगरपालिका-९ का ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको थियो । हुसेनको हत्या पश्चात हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै बिहीबार पनि प्रदर्शन गरेका थिए | स्थानीय प्रशासनसँगको छलफलपछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका छन् ।

गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु शव उठाउन तयार भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले जानकारी दिए ।

आफन्तहरुले बिहीबार विहानैदेखि हत्यामा संलग्नलार्इ कानूनी दायरामा ल्याउनु पर्ने , मृतकलार्इ शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

हुसेनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलार्इ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!