प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण

Posted on: 23 Sep, 2016

असोज ७, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण  गरेका छन् । 

आज बिहान निरीक्षणका लागि मेलम्ची पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी  गराएका थिए । 

सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!