३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमा मातृभाषामा शिक्षा

२९ पुष २०७५, आईतवार ०७:५३

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । 

श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । 

सडक विस्तारका नाममा जनताकोे घरजग्गा अधिग्रहण गर्न पाउने गरी आएको आवाससम्बन्धी विधेयकलाई श्रेष्ठले राज्यको अधिनायकवादी सोच भन्दै त्यसमा संशोधन दर्ता गराई पीडितको पक्षमा संशोधनसहित पारित गराउनुभएको थियो । 

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः जातिको उत्थानका लागि मातृभाषामा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न मुलुकमा रहेका नेवारहरूले नेपाल भाषा संस्कृति जोगाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो । 

सम्मानित श्रेष्ठले नेपालको राष्ट्रिय एकीकरण नेपाली जनताको भावना जोडेर मात्र हुने बताउनुभयो । च्याप्टरका अध्यक्ष शाक्य सुरनेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले नेवारहरूको हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट