३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

२७ श्रावण २०७८, बुधबार ०८:५९

साउन २७, मेलम्ची | मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । 

कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको  खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो । 

गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ । बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।

मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडांै रुपैयाँको क्षति भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट