४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

अब सिन्धुपाल्चोकबाटै स्नातकोत्तर

३ फाल्गुन २०७५, शुक्रबार ०४:३४

फागुन ३, चौतारा (रासस) | सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ । 

स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अङ्ग्रेजी र नेपालीमा कक्षा सञ्चालन हुनेछ । स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने ७७ जनाले फर्म भरेर ७१ जना प्रवेश परीक्षामा समेत उत्तीर्ण भएका छन् । उनीहरुमध्ये प्रायःजसो गृहिणी छन् भने केही कर्मचारीसमेत छन् । 

कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवनको व्यवस्था छ । हाल जनशक्ति र आर्थिक स्थिति केही कमी भए पनि त्यसलाई समाधन गर्दै लगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले वताउनुभयो । 

विसं २०५८ मा सम्बन्धनप्राप्त उक्त क्यामपसमा हाल स्नातक तहमा व्यवस्थापन, शिक्षा र विज्ञान सङ्कायमा गरी ३५० छात्रछात्रा अध्ययन गरिरहेका प्राध्यापक यज्ञप्रसाद दङ्गालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव