सिन्धुपाल्चोकमा बहुविवाह मुद्दाका फरार अभियुक्त सोह्र वर्षपछि पक्राउ

Posted on: 17 Aug, 2017

भदौ १, मेलम्ची । मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!