हेटौडा १४ पदमपोखरीमा रहेको कृषक जागृति बहुद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

Posted on: 09 Jan, 2016

पुस २५, हेटौडा । हेटौडा १४ पदमपोखरीमा रहेको कृषक जागृति बहुद्देश्यीय सहकारी संस्थाको चौधौँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन आज सनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमृत लुङ्वाको अध्यक्षता तथा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक सूर्यबहादुर मोक्तानले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । भेलाले केशब प्रसाद मुड्भरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष टेकराज सापकोटा, सचिब ज्योति न्यौपाने, कोषाध्यक्ष सरेश स्याङ्वो रहनु भएको छ । यसैगरी सदस्यहरुमा भीमसेन थोकर, कविता मैनाली, कमला खतिवडा, धनमाया खुलाल र चुडामणि चौलागाइँ रहनुभएको छ ।

यसैगरी भेलाले महेश पोदारको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ । समितिमा फूलमाया लामा र सरस्वती घलान सदस्य रहनुभएको छ । संस्थाले दुध उत्पादन, सिमेन्ट, कृषि सम्बन्धी बिउबिजन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!