रामेछापमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Posted on: 14 Dec, 2016

मंसिर २९, रामेछाप । रामेछापको खाँडादेवी गाविसमा बा २ ख ६८८८ नम्बरको ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा मृत्यु भएको हो ।

खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास-गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक घर भएका ३० बर्षीय ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमान घर भएका २३ बर्षीय रुपेश भण्डारी, सर्लाही घर भएका २२ बर्षीय बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका ३५ बर्षीय किरण डाँगी रहेका छन् ।

मृतकहरुको शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!