पशुपतिमा १४ वटा घुम्ती शौचालय संचालन

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौँ  | विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रवरपर सफा र स्वच्छ बनाउने अभियान अन्र्तगत १४ वटा घुम्ती शौचालय राख्नेक्रम शुरु भएको छ । विश्वमा छरिएर रहेका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रका विभिन्न स्थानमा शौचालय नहुँदा तीर्थयात्रीलाई समस्या पर्दै आएको थियो ।

पशुपति क्षेत्रका खाली ठाउँ खुला शौचालय बन्ने गरेकामा घुम्ती शौचालय राखेपछि पवित्रस्थलका रुपमा विकास गर्न सकिने विश्वास गरिएको छ । वत्सलेश्वरी मन्दिरसँगैको जुत्ता चप्पल कक्षबाट घुम्ती शौचालय राख्ने काम शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई बताउनुभयो । महिला र पुरुष गरी यहाँ दुईवटा घुम्ती शौचालय राखिएको छ ।

यसैगरी वरुणधारासँगैको जुत्ता चप्पल कक्षमा तीन, पशुपति वृद्धाश्रमको उत्तरपश्चिम कुनामा दुई, वनकाली चौरको पार्किङस्थलमा दुई घुम्ती शौचालय नमूनाका रुपमा राख्न लागिएको उहाँले बताउनुभयो । सबैतिर महिला र पुरुष शौचालय राखिने छ ।

पशुपति क्षेत्रलाई स्वच्छ बनाउने अभियान अन्तर्गत एभरेष्ट बैंकको सहयोगमा १० र एनआईसी एशिया बंैकको सहयोगमा चार शौचालय प्राप्त भएको कोषले जनाएको छ । नमूनाका रुपमा राखिने घुम्ती शौचालयको नकारात्मक एवं सकारात्मक प्रभावलाई हेरी अन्यत्र पनि विस्तार गरिने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!