सर्वोच्चले गर्यो यस्तो फैसला,नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

Posted on: 12 Nov, 2019

कार्तिक २६, काठमाडौं | सर्वोच्च अदालतको फैसला संगै बहुविवाहसम्बन्धी मुद्दामा नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटो खुलेको छ | सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले उनले दायर गरेको रिट खारेज हुने फैसला गरेसँगै प्रहरीलाई पक्राउ गर्न बाटो खुलेको हो |

फिल्मी निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै गत साउनमा प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । हेमाले जिल्ला अदालतमा बहुविवाहसम्बन्धी उजुरी दिएसंगै शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसंगै उनी फरार थिइन । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् ।

शिल्पाले त्यसविरुद्ध दिएको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरेको थियो | जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध शिल्पाले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको थियो |

गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो । सो आदेशविरूद्ध उनले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!