विदेशबाट उद्धारमा सक्रिय रहेका नेपाल एअरलाइन्सका ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on: 06 Jul, 2020

असार २२, काठमाण्डौ । नेपाल एअरलाइन्सका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  तीन जना पाइलट र अन्य चार जना कर्मचारीमा कोरोना पुष्टि भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । लकडाउनको बेला विभिन्न देशमा नागरिक उद्धार गर्ने क्रममा र कार्गो लिन जाने क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । उनीहरु सबै क्वरेण्टीनमा रहेको नेपाल एअरलाइन्सले जनाएको छ । 

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना पुष्टि भएका एअरलाइन्सका कर्मचारीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

मन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन् ‘नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुःख लागेको छ । सङ्कटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ 



यस बिषयमा तपाइको प्रतिक्रिया...!