स्याङ्जामा स्कुटर दुर्घटनामा एकको मृत्यु

Posted on: 02 Jul, 2019

असार १७,  स्याङ्जा | स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का एक युवकको मृत्यु भएको छ । हिजो साँझ भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा हेलुबाट बयेरघारीतर्फ आउँदै गरेको ग१६प ९१२४ नं स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको आज उपचारकै क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा सोही ठाउँका स्कुटर चालक राजेश केसी र त्यसमा सवार क्षेत्री घाइते भएपछि दुवै जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । 

अर्का घाइते केसीको उपचार भइरहेको र उहाँँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । स्कटुर अचानक अनियन्त्रित भई सडकको कुनामा पल्टँदा दुर्घटना भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!