४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यावसायिक बाख्रापालनबाट ८२ लाख आम्दानी

३ आश्विन २०८०, बुधबार ०९:४१

असोज ३, स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गङ्गाप्रसाद श्रेष्ठले व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन् । उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन् । 

उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् । उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस पालेका छन् भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन् । करिव रोपनी क्षेत्र फलमा फैलिएको उनले फार्ममा हालसम्म रु ७० लाख लगानी गरिसकेको र चार वर्षको अवधिमा ८२ लाख आम्दानी गरेको दाबी गरे ।


नेपाल बाख्रापालन महासङ्घ स्याङ्जाका अध्यक्षसमेत रहेका श्रेष्ठले गल्याङ नगरपालिकालाई मासुुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित श्रीमती अनिता श्रेष्ठको नाममा फार्म दर्ता गरेर व्यवसाय दर्ता गरेको बताए । उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरुका लागि उदाहरण बन्न सकिन्छ कि भनेर बाख्रापालन गरेको दाबी गरे । 

“व्यावसाय सञ्चालनको सुरुमा खासै ज्ञान नभएर होला गाह्रो महसुस भएको थियो, सुरुआती अवस्थामा निमोनियाले ४४ वटा बाख्रा मरे,” उनले भने, “अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ, पालेका सबै बाख्रा पोषिला छन् ।”

श्रेष्ठले एकजना साथी सँगको सहकार्यमा २८ बाख्राबाट व्यवसाय सुरु गरेको बताए । “बीउ उत्पादन गर्ने सोचका साथ बेल्टारीबाट बोयर बोका र माउ ल्याएर बाख्रा पाल्न सुरु गरियो,” उनले थपे, “माउ उत्पादनको काम फस्टाउन नसकेपछि मासु उत्पादनका लागि बाख्रा पाल्न सुरु गरियो । यहाँ उत्पादिन बाख्रा स्याङ्जाका स्थानीय बजारसहित पोखरा, काठमाडौँ लगायतका बजारहरुमा निर्यात हुने गरेका छन् ।

श्रेष्ठले गल्याङ बजारमा किराना पसलसमेत सञ्चालन गरेका छन् । उनले गल्याङ बजारमा सफल युवा व्यावसायिकका रुपमा पहिचान बनाएका छन् । श्रेष्ठ गल्याङ युवा क्लबको अध्यक्ष, गल्याङ चेम्बर अफ कमर्स र गल्याङ नेवा समाजको पूर्वअध्यक्ष भएर काम गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ