समाज | उदयपुर - UDP


उदयपुरमा अज्ञात रोगका कारण खसी, बोका र बाख्रा मर्न थाले

Posted on January 26, 2019 | views : 341 | उदयपुर - UDP

माघ १२, गाईघाट | उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् ।  बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत

Read More

भैँसीपालन व्यवसायबाट मनग्ये आम्दानी गर्छन उदयपुरका कार्की

Posted on January 25, 2019 | views : 266 | उदयपुर - UDP

माघ ११, गाईघाट | पैसा कमाउनका लागि विदेशिनु पर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ, उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्की ।  विदेशमा बीस वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उहाँले स्वदेशमै भैँसी

Read More

काठमाडौंमा भ्यानको ठक्करबाट एक किशोरीको मृत्यु

Posted on January 23, 2019 | views : 410 | उदयपुर - UDP

माघ ९, काठमाण्डौ | काठमाडौंको सिनामंगलमा भ्यानको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ | मृत्यु हुनेमा उदयपुरकी अनिमा कार्की रहेको प्रहरीले जनाएको छ ।  बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्या

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 4081 | उदयपुर - UDP

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

उदयपुरमा पशुबधशाला प्रयोगविहीन

Posted on January 21, 2019 | views : 327 | उदयपुर - UDP

माघ ७, गाईघाट | उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ ।  त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बत

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 3652 | उदयपुर - UDP

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 3527 | उदयपुर - UDP

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

सर्लाहीमा सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

Posted on January 19, 2019 | views : 871 | उदयपुर - UDP

माघ ५, सर्लाही | सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 2809 | उदयपुर - UDP

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 28550 | उदयपुर - UDP

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 3368 | उदयपुर - UDP

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 3363 | उदयपुर - UDP

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 3028 | उदयपुर - UDP

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 2857 | उदयपुर - UDP

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

Posted on January 06, 2019 | views : 268 | उदयपुर - UDP

पुष २२, गाईघाट (रासस) | उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ ।  जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 3517 | उदयपुर - UDP

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

दनुवार जातिको रामदल नृत्य सङ्कटमा

Posted on January 01, 2019 | views : 406 | उदयपुर - UDP

 पुस १७, गाइघाट हरिकुमार राई  (रासस) : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको चुहाडे राजाबास, कटारीको रिस्कु, उदयपुर गढीक्षेत्रको दनुवार बेसी क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाका पुरानो आदिवासी दनुवार जातिको सांस्कृतिक पहिचान झल्काउने रामदल नृत्य हिजोआज सङ्कटमा पर्न थालेको छ ।  विशेषगरी

Read More

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Posted on December 31, 2018 | views : 236 | उदयपुर - UDP

पुस १६, गाईघाट | उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रधानको घटनास्थलमै मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार स १ त, ३५८७ नं को ट्र्याक्टर बेल्टारको द्वारखोलाबाट सदरमुकाम गाई

Read More

उदयपुरमा हात्तीको आक्रमणबाट एक वृद्दाको मृत्यु

Posted on December 31, 2018 | views : 313 | उदयपुर - UDP

पुस १६, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका २ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–२ लुहाको सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–१२ की ६०–६५ वर्षीया सावित्रा राईको ज्यान गएको हो ।  आइतबार दिउँसो ३ बजे तिर घाँस काट्न जंगल गएकी रा

Read More

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते

Posted on December 14, 2018 | views : 263 | उदयपुर - UDP

मङ्सिर २८, गाईघाट | उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो ।  ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय प

Read More

उदयपुरमा आपराधिक घटनामा बालक नै बढी संलग्न

Posted on December 11, 2018 | views : 323 | उदयपुर - UDP

मङ्सिर २५, गाईघाट | उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने

Read More

घुम्ती शिविरबाट स्थानीयले सेवा पाए

Posted on November 29, 2018 | views : 334 | उदयपुर - UDP

मङ्सिर १३, गाईघाट | उदयपुर जिल्लाको पश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको रुपाटारमा सञ्चालन भएको दुईदिने बृहत् घुम्ती शिविरमा ३९२ ले नागरिकताको प्रमाण लिएका छन् भने झण्डै १०० भन्दा बढीले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएका छन् ।  यस्तै २१९ ले साधारण स्वास्थ्य सेवा लिएका छन् भने १५३

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 3731 | उदयपुर - UDP

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

बालिका हत्याको आरोपमा दुई पक्राउ

Posted on November 15, 2018 | views : 421 | उदयपुर - UDP

कात्तिक २९, उदयपुर | बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।  उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवा

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 4241 | उदयपुर - UDP

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

Posted on October 30, 2018 | views : 447 | उदयपुर - UDP

कात्तिक १३, गाईघाट | उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बा

Read More

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

Posted on October 28, 2018 | views : 321 | उदयपुर - UDP

कात्तिक ११, गाईघाट | उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।  जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हु

Read More

उदयपुरको रौतामाईमा आधुनिक स्वास्थ्यचौकी निर्माण

Posted on October 27, 2018 | views : 408 | उदयपुर - UDP

कात्तिक १०, उदयपुर | उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ नामेटार र वडा नं– ४ को मलबासेमा आधुनिक स्वास्थ्यचौकीको निर्माणकार्य सम्पन्न भएको छ ।  उक्त भवनको बिहीबार र शुक्रबार प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनु

Read More