१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

त्रियुगा नदीको भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले गरे अवलोकन

२४ असार २०७९, शुक्रबार ०५:३४

असार २४, उदयपुर | परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । 

निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घानन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्याल्ब झारेको थियो । 

परराष्ट्र मन्त्री डा. खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् । करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमण जनतामा आशा पलाएको छ । 

मन्त्री खड्कासँगै अबलोकनमा आएका पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाई भएको जानकारी दिए । 

विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक इन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरिराखेकाले ढिलाई हुन पुगेको बताए । 

बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो । शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन