जेठ १४, उदयपुर | सुनकोसी नदीको अस्थाई बेलीब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, उदयपुर | सुनकोसी नदीको अस्थाई बेलीब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएका"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गाईघाट–दिक्तेल सडकको अस्थायी बेलीब्रिज खोलिए

२०७९, १४ जेष्ठ शनिबार ०८:४०

जेठ १४, उदयपुर | सुनकोसी नदीको अस्थाई बेलीब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलीब्रिज हालै निकालिएको हो । 

दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाब बढ्न थालेकोले झिक्न सुरु गरिएको हो ।

सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा बेलिब्रिज जडान गरिएको थियो । गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बिहीबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत सात वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षायाम सुरु भएसँगै फोक्सिङटारको बेलीब्रिज निकाल्ने गरिन्छ । बेलीब्रिजको सामान खोलेर निकाल्न तीन चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात सात महिनाका लागि बन्द भएको छ ।

फोक्सिङटारको बेलिब्रिज निकालेपछि पुर्वी शहर जान–आउनका लागि खोटाङबासीलाई एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता छ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय