केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

Posted on: 25 Mar, 2024

चैत १२, नयाँदिल्ली | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ । 

भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ। 


यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो कर्मको सजाय भोगिरहेको बताएका छन् । मदिरा नीतिका कारण यो सबै भएको अन्नाले बताएका छन् । ‘केजरीवालले मसँगै मदिराको विरुद्धमा आवाज उठाउनुहुन्थ्यो तर अहिले मदिरामा नीति बनाइरहेका छन,’ उनले भने ।

अन्नाले आफ्नो गाउँ रालेगन सिद्धिबाट जारी गरेको विज्ञप्तिमा केजरीवालजस्ता व्यक्तिले आफुसँग काम गरेकोमा दुःख लागेको बताएका छन् । केजरीवालले आफ्नो कर्मको फल पाइरहेको अन्नाले बताए । अन्नाले भने,  ‘मैले भन्नु केही छैन, अब जे हुन्छ त्यो सरकारले नै गर्नुपर्छ ।’

अन्नाले मदिरा नीतिबारे केजरीवाललाई दुईपटक चिठ्ठी समेत लेखेको तर उनले मेरो कुरा सुनेनन् । अन्नाले मेरो कुरा नसुनेको परिणाम आज केजरीवाल पक्राउ परेको उनको भनाइ छ ।  उनले भने,  ‘जब मनिष सिसोदिया र केजरीवाल मसँग काम गर्नुहुन्थ्यो, मैले सधैँ जनताको कल्याण हाम्रो काम हो भन्ने भनेको थिएँ तर आज दुवैले मेरो कुरा सुनेनन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!