प्रज्वल पौडेल/असोज ८, काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार, स्रष्टा राष्ट्रका गहना भएकाले उनीहरूको योगदानको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् ।
शनिबार काठमाडौमा आयोजित लोक तथा दोहारी गीत प्रतिष्ठानको छैटौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपराष्ट्रपति पुनले लोक तथा दोहारी गीतबाट राष्ट्रिय एकता, संविधान कार्यान्वयन गर्नतर्फ लाग्न कलाकार आग्रह समेत गरेका छन् । कुनै वेला रोदी, चौतारी, मेला, पर्वमा गाईने लोक दोहरीले
आज व्यवसायीकता पाउनु महत्वपूर्ण भएकाले सामाजिक, सास्कृतिक विषयबस्तुको उठान गर्नुपर्ने धारणा राखे ।
नेपालका गाउँ सहरमा मात्र नभई विदेशका मुख्य शहरमा पनि लोक दोहरीले स्थान पाएकोमा स्मरण गराउदै उपराष्ट्रपति पुनले भने -"दोहारी गीत संगीत अन्तर्राष्ट्रियस्तरमा पुग्न सफल छ,
व्यवसायिकता पाएको छ र केही व्यक्तिले रोजगार समेत पाएका छन् ।"
उनले हरेक क्षेत्रमा आधुनिकता भित्रिएसँगै दोहारिमा पनि आधुनिकता भित्रनु स्वभाविक भएपनि विकृति भित्रनु राम्रो नभएको धारणा राखे । पुनले भने- "समाज र संस्कृति सुहाउँदो भाव
लोकदोहरी गीत संगीतमा आउनुपर्छ ।" कार्यक्रममा लोकदोहरी गीत संगीतको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको गायक, संचारकर्मी लगाएतलाई सम्मान गरिएको थियो ।